मतदाता भन्छन्: कास्की २  भूमिहीन सुकुम्बासीको मत गठबन्धनलाई

पाेखरा | कात्तिक २९, २०७९

मतदाता भन्छन्:  कास्की २  भूमिहीन सुकुम्बासीको मत गठबन्धनलाई

पोखरा: कास्की क्षेत्र नम्बर २ का भूमिहीन सुकुम्बासीहरुले लालपुर्जा वितरण गर्ने गठबन्धन सरकारका नेताहरुलाई  मत दिन बताएका छन् । 


पोखरा १५ का सुकुम्बासी बस्तीका मतदाताहरुले गठबन्धन कै सरकारका पालामा आफूहरु निस्सा पाएको बताएका थिए । उनीहरुले केही भूमिहीन सुकुम्बासी, भूमिहीन दलितहरुले लालपुर्जा नै पाएको बताउँदै आफूहरुको हितमा काम गर्ने गठबन्धनका उम्मेदवारलाई मत हाल्ने बताए । 


कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान आफ्नो प्रतिवद्धता पत्रमै उल्लेख गरिएको जानकारी गराए । उनले सुकुम्बासीका लागि आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाए । पोखरा महानगरका ११ वटाका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई सहयोग पुग्ने किसिमको आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने, रोजगारी दिलाउने एवं जग्गाधनी प्रमाणपत्रपूर्जा दिलाउने उनले बताए । 


यस्तै कास्की १ (क) का उम्मेदवार विश्वप्रकाश लामिछाने संविधानमा लेखिएको मौलिम हक पूरा गर्ने बताए । आफूहरुसँग सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्ने योजना रहेकोकाले गठबन्धनलाई जिताउन उनको आग्रह थियो । गठबन्धनको सरकार बनेको समयमै नै धेरै ठाउँमा सुकुम्बासीलाई निस्सा वितरणको काम सरु गरिएको उनले सम्झिए । निस्सा लिएकाहरुलाई लालपुर्जा प्रदान गर्न पनि अब फेरी गठबन्धनकै उम्मेद्वारले जित्नुपर्ने उनले बताए । 


कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरामा मुटु अस्पताल निर्माणका लागि पहल गर्ने बताए । थापाले आफू विजयी भएमा प्रदेशका लागि विशिष्टकृत अस्पताल र मुटु अस्पताल बनाउन पहल गर्ने उनको भनाई थियो । घरदैलो अभियानमा रहेका थापाले हरेक नागरिकका लागि प्रदेशमै उपचार गराउने व्यवस्था गराउनका लागि आफूले काम गर्ने बताए । ‘गण्डकी प्रदेशको राजधानी पोखरामा प्राथमिकतामा आधारमा विशिष्टकृत अस्पताल र पहिलो चरणमा विशिष्टकृत मुटु अस्पताल निमार्णका लागि महल गर्नेछु’, थापाले भने । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्